Logo

भारतमा एकै दिन १४ सय कोरोना संक्रमित



एजेन्सी, ३ वैशाख । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । बितेको २५ घन्टामा त्यहाँ १४ सय नयाँ संक्रमित पत्ता लागेको छ । यो अहिलेसम्मकै सर्वाधिक वृद्धि हो ।

कोरोना भाइरसको संक्रमित संख्या १० हजार ८ सय १५ पुगेको छ । त्यहाँ कुल ३५३ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घन्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।

भारतमा २१ दिनको लकडाउन अवधि सकिएपछि फेरि १९ दिन लकडाउन थपिएको छ । आजबाट नयाँ लकडाउन शुरु भएको छ । तर, लकडाउन अवधि लम्ब्याइएकै दिन सर्वाधिक संक्रमित र मृत्यु भएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्