Logo

सवारी चलाउन अब ई–पास



काठमाडौँ, ३ वैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक रूपमा सवारी अनुमति चाहिएमा ई–पासको व्यवस्था गरेको छ ।
ई–पासका लागि अनलाइन दरखास्त दिनुपर्ने हुन्छ ।

यद्यपि जिप्रकाले पहिला नै जारी गरेको एक हप्ते पास (सिरियल नम्बर भएको पहेँलो रङ्गको) ले बन्दाबन्दी (लकडाउन) अवधिभर नै मान्य हुने जनाइएको छ । जिप्रकाले दिएको जानकारीअनुसार मोबाइलको म्यासेज बक्समा गएर १११२ मा जुनसुकै कोड हानेर एसएमएस गरेपछि इन्बक्समा लिङ्क प्राप्त हुन्छ ।

सो लिङ्कमा गएर ई–पासका लागि आवश्यक विवरण भरेर दरखास्त दिन सकिने छ । आवेदनकर्ताले पेस गरेको कागजपत्रको आधारमा ई–पासको निर्णय जिल्ला प्रशासनले गर्ने जनाएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्