Logo

‘प्रधानमन्त्री ओलीसँग हिजोका प्रधानमन्त्रीहरुले आँखा जुधाएर कुरा गर्न आँट गर्न सक्दैनन्’



काठमाडौं, ३ वैशाख । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजोका प्रधानमन्त्रीहरुले आँखा जुधाएर कुरा गर्न नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीको कार्यशैलीको विवेचना गर्दै उनले हिजोका प्रधानमन्त्रीहरुले आँखा जुधाएर कुरा गर्न सक्ने बताएका हुन् ।

अहिलेका प्रधानमन्त्रीसंग हिजोका प्रधानमन्त्रीहरुले आँखा जुधाएर कुरा गर्ने आँट गर्न सक्दैनन्, स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार भएको विषयमा ऋषि धमलाले एनआरएन रेडियोमा आज सोधेको प्रश्नमा उनले भने,स्वास्थ्य सामाग्रीमा अहिले भ्रष्टाचार भएको छैन, स्वास्थ्य सेवा विभागका महानिर्देशको जिम्मामा हो । उनले प्रधानमन्त्री ओलीलाई निष्कलंक भन्दै कसैले प्रश्न उठाउने ठाउँ नभएको बताए।

रिमालले काठमाडौँ उपत्यकाको संक्रमणको अवस्था पूर्ण रुपले पत्ता नलागे सम्म सरकारले कसैलाई पनि बाहिर जान नदिने बताए । उपत्यकामा रहेका न्युन आय भएका र असंगठित मजदुरहरुलाई सरकारले खाने बस्ने व्यवस्था मिलाउने स्पष्ट पारे ।

रिमालले राहतमा अनियमितता भएको पाइए कारवाही हुने बताए । उनले अहिले उपत्यकाको अवस्था पनि अनिश्ति भएकाले यहाँ भएका कसैलाई बाहिर नपठाउने र उचित व्यवस्था गर्ने दावी गरे ।

जो जाहाँ भएपनि राहत वितरण र उनिहरुको रेखदेखको काम स्थानीय तहले गरिरहेको भन्दै उहाँले सवै स्थानीय तहमा रकम छुटाएको र घरघरमा पनि पठाउने व्यवस्था गरिएको बताए । किन्न सक्नेहरुका लागि होम डेलिभरीको व्यवस्था समेत भएको दावी गर्दै उनले कुहेका चामल वितरण गर्नेलाई कारवाही गरिने र यस्तो अपराध गर्नेलाई सरकारले नछोड्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीलाई कथन सुनाएको नभई सवै सूचना एकद्वार प्रणालीबाट गर्न निर्देशन दिएको बताए । पत्रकारहरुबाट टाढा बस्नु भनेको हैन,अनावस्यक हल्ला फलियो सूचनाको स्रोत एकठाँउबाट मात्रै जावोस भन्ने प्रधानमन्त्रीको चाहना भएको उनको भनाई थियो ।

सल्लहकार रिमालले भने, ‘ अहिले कसैलाई पनि काठमाडौ बाहिर पठाउन सकिदैन । सवै ठाउमा असुरक्षा छ । उपत्यका कति सुरक्षा छ भनेर पत्ता नलागे सम्म हुदैन ।’



प्रतिक्रिया दिनुहोस्