Logo

आज महाराष्ट्रमा कोरोनाका एक सय १७ जना संक्रमित भेटिए, कुल संक्रमित संख्या साढे दुई हजार नाघ्यो



३ वैशाख । भारतको महाराष्ट्रमा बुधबार ‘कोविड १९’ का एक सय १७ जना संक्रमित थपिएका छन् । योसँगै महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ८०१ जना पुगेको बुधबार यहाँको स्वास्थ्य विभागले जनाएको छ । महाराष्ट्रमा कोविड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् ।

महाराष्ट्रपछि नयाँ दिल्लीमा ६६, पुणेमा र ४४ संक्रमित भेटिएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

मुम्बाई अस्पतालका १० जना सदस्यहरुमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । यसपछि भारतभरी ३५ जना स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् ।

बुधबारसम्मको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको संख्या ११ हजार ४३९ जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर हालसम्म यस रोगको संक्रमणबाट ३७७ जनाको मृत्यु भएको छ ।

यहाँका १ हजार ३०६ जना उपचारपछि घर फर्किएका छन् । तमिलनाडु, राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढलगायतका राज्यहरुमा कोरोनाका संक्रमितहरु भेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस्