Logo

बेलायतले भारतबाट तीस लाख पारासिटामोल औषधी ल्याउने



३ बैशाख । बेलायतले भारतबाट ३० लाख पारासिटामोल औषधी ल्याउने भएको छ । भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई पारासिटामोल औषधी पठाईदिने सहमति भएको हो ।

बेलायतको विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतले बेलायतलाई ३० लाख पारासिटामोल उपलब्ध गराउने सहमति जनाएको छ । “भारतसँगको कुराकानीपछि बेलायलतले भारतबाट झण्डै तीस लाख पारासिटामोल पाउने भएको छ,” बेलायती विदेश मन्त्रालयले भनेको छ ।

भारतले उपलब्ध गराउने भनेको औषधी आगामी दुई हप्तामा बेलायत आइपुग्ने र सुपरमार्केटमा राखिने मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । पछिल्लो विवरणअनुसार बेलायतमा बुधबारसम्म कोरोना भाइरसबाट ९८ हजार ४७६ जना संक्रमित भएका छन् । ती मध्ये चार हजार ६०३ जनामा पछिल्लो २४ घण्टामा संक्रमणको पुष्टि भएको हो ।

सरकारी अधिकारीहरुका अनुसार बेलायतमा कोरोनाका कारण अहिलेसम्म १२ हजार ८६८ जनाको मृत्यु भएको छ । ती मध्ये ७६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । कोरोना भाइरसबाट धेरै प्रभावित देशहरु मध्ये बेलायत अघिल्लो छैठौँ स्थानमा पर्दछ । सवैभन्दा धेरै मृत्यु हुने र संक्रमित हुनेमा अमेरिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्