Logo

दश भारतीय भोक्राहाबाट फेला



इनरुवा, ३ वैशाख : सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका–५ टपरारस्थित खतिजन कुवा मस्जिदबाट दश जना भारतको बङ्गाली समुदायका व्यक्ति आश्रय लिएर बसेको पाइएको छ । नेपाल मुस्लिम संघ प्रदेश नं १ का सभापति हाजी इसराइल मन्सुरीले सप्तरीमा भएको इज्तेमामा सहभागी हुन आएका ती जमाती भारत, पश्चिम बङ्गाल राज्यको पश्चिम मधनीपुर कोलकाता नजीकका भएको जानकारी दिए । ती सुनसरीका विभिन्न मस्जिदमा बस्दै आएका छन् ।

स्वास्थ्यकर्मीको टोलीले आवश्यक स्वास्थ्य परीक्षण गरी तिनलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा आवश्यक खाद्यान्न दिएर एक कुरुवाको जिम्मा लगाइएको मन्सुरीले बताए । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि मस्जिदबाट बाहिर नजान र लकडाउनको पूर्ण पालना गर्न पनि तिनलाई निर्देशन दिइएको जनाइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्