Logo

लकडाउन उल्लङ्घन गर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गर्ने उच्चस्तरीय समितिको निर्णय



काठमाडौँ ३ वैशाख : लकडाउनको अवधि बढेसँगै आन्तरिक र बाह्य उडान पनि थप १५ दिन बन्द गरिने भएको छ। चैत ३ गते बुधबार बसेको कोरोना रोकथाम सम्बन्धि उच्चस्तरीय समितिको बैठकले अप्रिल ३० तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो ।

त्यसैगरी लकडाउनलाई कडाइका साथ लागु गरी ब्यक्तिहरको अनावश्यक आवतजावतलाई कडा गर्ने र लकडाउनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। लकडाउन उल्लंघन गर्ने र अनावश्यक आवतजावत गर्नेलाई संक्रमण रोग एन २०२० को दफा लगाएर कारवाही गर्ने निर्णय समितले गरेको छ।

त्यस्तै कारोनाको रोथामको लागि परिक्षणलाई बढाइने भएको छ। समितिले पहिचान, परिक्षण र उपचारमा जोड दिएर अघि बढ्ने निर्णय गरेको हो। निजी क्षेत्रका चिकित्सकहरुलाई समेत प्रयोग गरेर परिक्षणकाे दयरा बढाउने निर्णय भएको छ।

औषधिजन्य बस्तुको आयातमा निजि क्षेत्रबाट गरीने आयातलाई सरकारबात सहजिकरण गर्ने र स्वास्थ्य मन्त्रालय मातहतबाट गरिने प्रकृयालाई निरन्तरता दिने निर्णय गरेको छ।

सरकार सरुकार विच हुने खरिद अर्थात जि टु जि लाई पनि अघि बढााउने निर्णय समितिले गरेको छ। आजै परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट चीनको सम्बन्धित सप्लाई गर्ने निकायसँग पत्राचार भएर जिटुजि बाट आउने निधो भइसकेको समितिले जनाएको छ।

आज तीन चरणको भिडियो कन्फ्रेस भएर त्यहाँबाट आयात गर्ने सामानको डिस्क्रिप्सन र लागतबारे पनि प्रष्ट पारिसकेको समितिले जनाएको छ। त्यस्तै भन्सार नाकाबाट हुने आपूर्तिलाई सहज राख्ने र सुरक्षित पनि गराउने गरी समन्वायात्मक रुपमा अघि बढ्ने निर्णय भएको छ।

त्रिभुवन विश्वविद्यालयमा रहेको पिसिआर मेशिनलाई प्रकृया पुर्याएर प्रदेश २ मा पठाइदिने बन्दोबस्त मिलाउने निर्णय भएको छ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्