Logo

कोरोना महासंकटका बीच अमेजन मालिकको सम्पत्ति २४ अर्बले थपियो



३ वैशाख : कोरोनाका कारण विश्वको अर्थतन्त्र तहसनहस भएको बेला अमेजन संचालकको सम्पत्ति भने ह्वात्तै बढेको छ । संसारकै ठुलो ई-कमर्स बिजनेसका संचालक जेफ बेजोसकोे सम्पत्ति २४ अर्ब अमेरिकी डलरले वृद्धि भएको छ ।

कोरोना भाइरसको महामारीमा बढेको अनलाइन किनमेलका कारण उनको सम्पति बढेको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सले जनाएको छ ।

यससँगै विश्वका सबैभन्दा धनी व्यक्ति बेजोससँग अहिले एक खर्ब २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सको तथ्याङ्क छ।

अनलाइन व्यापारमा प्रख्यात अमेजनको कोरोनाभाइरस महामारीको बेला बढेको अनलाइन किनमेलबाट फाइदा थपिएको हो ।

बेजोसको अमेजनमा ११ प्रतिशत शेयर छ र मङ्गलवार अमेजनको शेयरको मूल्य ५.३ प्रतिशतले वृद्धि भएको छ । मेरोलागानी File Photo



प्रतिक्रिया दिनुहोस्