Logo

उच्च जाेखिमकै समयमा वीरका डाक्टर र कर्मचारी सबैकाे ‘जाेखिम भत्ता’ काटियाे !!



काठमाडाैं ३ वैशाख। संकटकाे समयमा अस्पतालहरूमा खटिने स्वास्थ्यकर्मीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले विशेषभत्ता दिने बचन दिएकाे सायद मसी पनि सुकेकाे छैन हाेला । तर, राजधानीकै जेठाे अस्पताल वीर अस्पतालले २०७६ चैत महिनाकै तलबमा खाइपाइ आएकाे पचास प्रतिशत भत्ता भने कटाैती गरेकाे जानकारी हुन आएकाे छ ।

स्राेतका अनुसार, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तरगत संचालित वीर अस्पतालका स्वास्थ्य सेवा, प्रशासन सेवा र विविध सेवामा कार्यरत (लगभग १६ सय) चिकित्सककर्मी, कर्मचारीहरूले जाेखिम भत्ता अन्तरगत खाइपाइ आएकाे तलबकाे पचास प्रतिशत भत्ता कटाैती गरेकाे कर्मचारी स्राेतबाट जानकारी हुन आएकाे छ ।

स्राेतका अनुसार, वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरी, विभागीय प्रमुखहरू, काे-अर्डिनेटर डाक्टरहरू र युनिट प्रमुखहरूकाे बैठकले खाइपाइ आएकाे पचास प्रतिशत ”जोखिम” भत्ता २०७६ चैत महिनाकाे तलबबाटै काट्ने निर्णय भएकाे हाे ।

कर्मचारी स्राेत भन्छ, यस्ताे झन ज्यानकै मायाँ मारेर उच्च जाेखिममा काम गर्नु पर्ने समयमा खाइपाई आएकाे पचास प्रतिशत ”जोखिम” भत्ता काट्नु जस्ताे अन्याय के हुन्छ ? अस्पताल जस्ताे जाेमिख क्षेत्रमा काम गर्ने कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षा सामग्रीहरूकाे पनि अभाव रहेकाे छ । डिस्पाेजल मास्क मात्र उपलब्ध हुने गरेकाे छ, त्याे पनि सहज रूपमा उपलब्ध हुँदैन ।

विहान ८/९ बजेबाटै डिउटी गर्नुपर्ने वीर अस्पतालमा त यस्ताे जाेखिम अवस्था छ भने अन्यत्रकाे सरकारी अस्पतालकाे अवस्था कति दयनीय हाेला । अस्पताल जस्ताे संवेदनशील क्षेत्रमा काम गर्ने कर्मचारीहरूकाे दयनीय अवस्थाकाे बारेमा कसले चासाे राख्ने ? पीडितहरू गुनासाे गर्छन् ।साँघुबाट



प्रतिक्रिया दिनुहोस्