क्यानडामा आगामी महिनाको एक तारिखसम्म लकडाउन


एजेन्सी ४ वैशाख : क्यानडा सरकारले जारी राखेको लकडाउनलाई निरन्तरता दिने घोषणा गरेको छ । क्यानडाले लकडाउनको अबधि मई महिनाको एक तारिखसम्म बढाएको हो ।

बुधवार पत्रकार सम्मेलन गर्दै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले उक्त जानकारी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएको छ। क्यानडामा अहिले सम्मकै सबैभन्दा खराब स्थिति रहेको प्रधानमन्त्रीको जिकिर रहेको छ।

क्यानडामा अहिले सम्म २८ हजार तीन सय ७९ कोरोना सङ्क्रमित छन् भने एक हजार १० जनाको मृत्यु भइसकेको छ। kसंक्रमित र मृत्यु हुनेको संख्या अन्य यूरोपेली मुलुक भन्दा कम रहेको प्रधामन्त्री ट्रूडोले दाबी गरेका छन् । त्यसैगरी आठ हजार ९ सय ७९ जना कोरोना संक्रमणको उपचारपछि सकुसल घर फर्केका छन् ।