Logo

पहिलो गोरुको पुच्छर समात्न नसक्दाको परिणाम



एक किसानको धेरै सुन्दरी छोरी थिइ । एक जवान केटा किसानको छोरीसँग विवाह गर्न इच्छा लिएर किसानको मा पुगे । उसले छोरीसँग विवाह गर्ने इच्छा बताए । किसानले उसलाइृ हेरेर भने युवक तिमी खेतमा जाउ, म एक एक गरेर तीन वटा गोरु छाडिदिन्छु । यदि तिमीले तीनवटा गोरु मध्ये एउटाको पुच्छर समात्यौ भने म मेरो छोरीलाई तिमीसँग विवाह गर्न दिनेछु ।

ती नौजवान युवाले शर्त सुनेर खुशी हुँदै खेतमा गयो र गोरुको पुच्छर समात्न तयारी भए । किसानले फार्मको ढोका खोले । त्यसपछि एउटा ठुलो र खतरनाक गोरु बाहिर आयो । ती युवाले पहिलो पटक त्यस्तो बाच्छो देखेका थिए । अन्तत उ डराएर निर्णय लियो । अब आउने गोरुलाई पखर्ने र गोरुको पुच्छर समात्ने ।

ढोका फेरी खुल्यो । आश्चर्यजनक रुपमा यस पटक झन ठुलो र भयंकर गोरु निस्कियो । युवाले सोच्यो यो भन्दा त पहिले कै गोरु ठिक थियो भन्दै उक्त गोरुलाई पनि समातेनन् ।

तेस्रो ढोका पनि खुल्यो, यीनको मुहारमा मुस्कान आयो अब त सानो र चिटिक्कको गोरु निस्केला भन्दै सोच्दै थिए । जस्तो गोरु ती युवाको नजिक आउन लाग्यो, युवाले उसको पुच्छर समाते तर त्यो गोरु नै थिएन् ।

एउटा मानिसको जिन्दगीमा अवसरबाट भरिएको हुन्छ । कुनै सरल त केही कठिन । यदि एक पटक अवसर फुत्काइयो भने उहि अवसर फेरी मिल्दैन ।

अतः सधै पहिलो अवसरलाई हासिल गर्ने प्रयास गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्