Logo

सधैं सकरात्मक रहने सुत्र



सफल र असफल व्यक्तिमा यहि फरक छ । सफल व्यक्तिको जीवनमा पनि कठिनाई आउछ र असफल व्यक्तिको जीवनमा पनि कठिनाई आउछ । सफल व्यक्ति यसको सकरात्मकबाट र एक अवसरको रुपमा देख्छ जबकि असफल व्यक्ति यसको विपरित हुन्छ ।

यो दुनियाँमा कोही यस्ता व्यक्ति छैन कि उसको जीवनमा सुख दुख नआएको । सबैभन्दा पहिला तपाइँले यो सम्झन पर्छ कि तपाइँको जीवनमा जे पनि हुन्छ, राम्रो वा नराम्रो यस्तो परिस्थितीमा हुँदा तपाइँ आफैमा निर्भर हुन्छ, यस्तो परिस्थितीमा सकरात्मक रहनु वा नकरात्मक रहनु ।

महान वैज्ञानिक थामस भन्छन् ‘जसको जीवनमा जति धेरै समस्या आउछ उति नै सफल हुन्छ ।’ तपाइँलाई सहि निर्णय गर्न अनुभवले सिकाउछ । अनुभव नराम्रो समयले सिकाउछ । नराम्रो समय तपाइँलाई बलियो बनाउन आउने गर्छ । त्यस समयलाई कसरी लिनेमा तपाइँ आफैमा निर्भर हुन्छ ।

श्रीकृष्णले भनेका छन्, ‘योद्धा कुनै पनि परिस्थितीमा विचलित हुन हुँदैन, उ त मात्र लडिरहन्छ ।’ यदि आफै सकरात्मक रहने हो भने एउटा कुरा याद राख्नुपर्छ । तपाइँ हार्नको लागि होइन् । तपाइँ आफ्नो सपना प्राप्त गर्नको लागि बनेको हो । भगवानले पनि उसैमा विश्वास राख्छन् जसले आफैमा भरोसा राख्छ ।

एक विद्धानले भनेका छन्, ‘तिमी उहि बन जसलाई तिमी धेरै समय सोच्छौ ।’ आफ्नो सपना र आफ्नो लक्ष्यको सधै आफ्नो दिमागमा राख्ने र आफैले आफुलाई सकरात्मक बनाइराख्ने ।

जीवनमा कठिन समय नभोगी हामी अघि बढ्न सक्दैनौ र कहिल्यै पनि सफलता प्राप्त सक्दैनौ । कठिन समयले हामीलाई सधैं केही सिकाउने कोशिश गरीरहन्छ । सबक माथी आफ्नो ध्यान केन्द्रित गर्न सक्नुपर्छ जुन जीवनले हामीलाई सिकाउन कोशिश गरिरहेको हुन्छ । जब यस्तो परिस्थिीतीलाई यस तरीकाले हेरेमा एक महान शिक्षक बन्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस्