Logo

शेयर एन्ड केयरद्धारा गोदावरी र दक्षिणकाली नगरपालिकालाई कोरोना रोकथाममा प्रयोग हुने सामाग्री सहयोग



ललितपुर, ६ वैशाख । सामाजिक संस्था शेयर एन्ड केयरले गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकालाई कोरोना रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज शेयर एन्ड केयरका कार्यकारी निर्देशक रमेश खड्काले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र दक्षिणकाली नगरपालिकाकी उपमेयर वसन्ती डंगाललाई छुट्टाछुट्टै रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।

हाम्रो युवा समाजको समन्वयमा भएको शेयर एन्ड केयरको सहयोगमा गोदावरी नगरपालिकालाई एक तापक्रम नाप्ने थर्मल गन, डब्लुएचओ मापदण्डको ४ थान पिपिई सेट, सामान्य पिपिई १० थान हस्तान्तरण गरिएको थियो ।

बाँडेगाउँ प्रहरीका इन्स्पेक्टर अरुण भट्टराईलाई ५ थान पिपिई स्यानिटाइजर मास्क, बाडेगाउँ प्रारम्भिक स्वास्थ्य केन्द्रलाई ५ थान पिपिई र स्यानिटाइजर मास्क, गोदावरीलाई स्यानिटाइजर मास्क समेत सहयोग गरिएको छ ।

यसैगरी शेयर एन्ड केयरले दक्षिण काली नगरपालिकालाई २ थान थर्मल गन, डब्लुएचओ मापदण्डको ४ थान पिपिई सहयोग हस्तान्तरण गरेको छ ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सहयोगका लागि धन्यवाद दिदै संकटको घडीमा सबैले आ आफ्नो स्थानबाट साथ र सहयोग बढाउनुपर्ने बताए । उनले शेयर एन्ड केयरका कार्यकारी निर्देशक रमेश खड्का र हाम्रो युवा समाजका संयोजक विवेक कार्कीले महामारीमा पनि सहयोगका लागि देखाएको उदारता र सक्रियताको प्रशंशा गरे ।

 



प्रतिक्रिया दिनुहोस्