५० ग्यास उद्योगको अनुमति खारेज


काठमाडौं, बैशाख ७ । नेपाल आयल निगमले उद्योग सञ्चालन अनुमति लिएर काम नगर्ने ५० ग्यास उद्योगको अनुमति खारेज गरेको छ । ती उद्योगले ०७१ माघयता अनुमति लिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । अनुमति लिए पनि उद्योग स्थापना नगरेपछि उनीहरू खारेजीमा परेको आजको कान्तिपुर दैनिकमा खवर छ ।