पार्टी फुटाउन संसदीय दल वा केन्द्रिय कमिटीमध्ये एकमा ४० प्रतिशत भए पुग्नेगरि अध्यादेश ल्याउने सरकारको निर्णय


काठमाडौं, ८ बैशाख । आज बसेको मन्त्रिपरिषद बैठकमा संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा यस्तो निर्णय भएको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । FILE PHOTO