Logo

अर्जुन किन द्रोणाचार्यका प्रीय शिष्य बने



पौराणिक कथामा महाभारत कालको एक प्रसंग हो । एकदिन आचार्य द्रोणाचार्य सबै राजकुमारहरुलाई धनुविद्या सिकाउदै थिए र सबै राजकुमार गुरु द्रोणाचार्यको साथमा वनमा बस्थे । सबै राजकुमार भन्दा धनुविद्यामा पांरगत अर्जुन सबैभन्दा धेरै प्रतिभावान तथा गुरुभक्त शिष्य थिए । युसैकारण द्रोणाचार्य पनि उनिसँग प्रसन्न थिए ।

अर्को तर्फ द्रोणाचार्यको आफ्नै छोरा अश्रथमा पनि धनुविद्यामा अन्य राजकुमार भन्दा अगाडी थिए । तर अर्जुन अश्रथमा भन्दा धेरै प्रतिभावान थिए ।

एक रातको कुरा हो । सबै शिष्य आफ्नो गुरुको साथमा भोजन गरीरहेका थिए । तब अचानक तेज हावा चल्न लाग्यो । बत्ती गयो । अन्धकार भएपछि सबैले खाना खाइरहेका थिए । तब अर्जुनको मनमा एक विचार आयो । ‘यति धेरै अन्धकार हुँदा पनि खानाको लागि हात मुखसम्म जानसक्छ ।’

यस विचारसँगै उनले सम्झिए निशाना लगाउनको लागि प्रकाश भन्दा धेरै आवश्यकता अभ्यास हो र उक्त दिनबाट अर्जुनले अन्धकारमा निशाना लगाउनेको पनि अभ्यास गर्न आरम्भ गरे । यो देखेर आचार्य द्रोणाचार्य धेरै प्रसन्न भए ।

अर्को कथाः एकपटक द्रोणाचार्यले आफ्ना सबै शिष्यको साथमा स्नान गर्न नदीमा गए । उनले आफ्नो धोती कुटीमा नै भुले उनले अर्जुनलाई लिएर आउन भने, अर्जुन कुटीमा गएको समयमा उनले अरु शिष्यालाई मन्त्र शक्तिको मन्त्र बताए । ‘गदा ए.व धनुष्यान शक्ति हुन्छ तर मन्त्रमा धेरै शक्ति हुन्छ ।’ यसो भन्दै गुरुले एक मन्त्र लेखेर मन्त्र अभिमन्त्रित गरी एक वाण हाने । उक्त एक वाणले रुखको सबै पात झराइदियो । सबै शिष्य दंग गरे ।

केही समय पछि अर्जुन आएर भुमिमा लेखिएको मन्त्र देखे । मन्त्रलाई उनले पढे र दृढ विश्वास पनि गरे कि उक्त मन्त्र निश्चित रुपमा सफल हुन्छ, तब उनले धनुषमा वाण चढाई मन्त्रको उच्चारण गरेर हाने । रुखको पात सबै झरे । गुरुले अरुलाई सिकाएको विद्या उनले पनि सिके । गुरु फर्केर आए र रुखको त्यो हालत देखेर सोधे । अर्जुनले वाण हानेको र रुखको पात झरेको देखेर गुरु प्रसन्न भए अर्जुनलाई भने, “हे अर्जुन तिम्रो धैर्य देखेर र प्रयत्न गरेर उत्तिण भयौ तिमी मेरो सर्वोत्तम शिष्य हो । तिमी भन्दा श्रेष्ठ धनुर्धर हुन असम्भव हो । ”



प्रतिक्रिया दिनुहोस्