Logo

छोरीको हत्या गरी बाबुले किन झुण्ड्याए



पर्सा, ८ वैशाख । आफ्नै छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने संजय कुमार साह सोनार बैशाख ४ गते पक्राउ परेका छन् । छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका छप्कैयाटोलका संजय सरार्फ भन्ने संजयलाई प्रहरीले पक्राउ गरेको हो ।

संजय सरार्फले आफ्नै छोरी ७ वर्षीया अंशू कुमारी सरार्फलाई गत चैत ११ गते दिउँसो झुण्डी रहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको भन्ने घटनामा संजय सरार्फलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा मृतक अंशू कुमारी सरार्फले आफै झुण्डी आत्महत्या गरेको नभई मृतकको बुवा संजय सरार्फले घाटी थिची हत्या गरेको खुल्न आएको हो । साथै आफूले गरेको कसूरबाट बच्ने उद्देश्यले बनावटी आत्महत्या जस्तो वारदात बनाएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्