Logo

बिल गेट्सको सफलताको राज



बिल गेट्स अमेरिकी बिजनेस म्यान, निवेशक, लेखक, परोपकारी र मानवतावादी हुन् । उनलाई माइक्रोसफ्ट्सको प्रमुख संस्थापकको रुपमा चिनीएको छ । उनी विश्व कै धनी व्यक्तिमा एक हुन् । उनले मानिस सफल हुनुमा केही नियम बनाएका छन् । जसको आज चर्चा गर्नेछौ ।

  • आफ्नो कामको ज्ञान हुनु र सधै ऊर्जावान हुनुपर्छः यदि कसैले नयाँ काम शुरु गर्न लागेका छौ भने आफुले भरपुर ऊर्जा र उत्साहसहित काममा एकाग्रता हुनुपर्छ । जसको कारण जोखिमको भावाना दुर हुन्छ ।
  • जतिसक्दो छिटो काम शुरु गर्नेः यदि कुनै कामको सपना भएमा जतिसक्दो छिटो शुरु गरी पुरा गर्न तिर लाग्ने ।
  • कडा मेहेनतः बिल गेट्सले दिनभर मानिसहरुसंग भेट्थे र रात भर नसुति जवाफ वा इमेल पठाउथे ।
  • भविष्यको निमार्णः जस्तो सुकै काम गरेपनि भविष्यमा कस्तो परिणाम आउछ त्यसको हेक्का राख्नुपर्छ । तपाइँको कामले भविष्य निर्माण गरीरहेका छौ ।
  • जे गरीरहेका छौ त्यो आनन्द पुर्वक गर्नुहोस्ः जे गरिदै छ त्यसमा आनन्द लिनुहोस्, यो बिल गेट्सको व्यसायिक सफलताको प्रमुख कारण हो ।
  • जति सक्दो चाँडो आफै मालिक बन्नुहोस्ः यदि आफ्नो सपना निर्माण नगरेमा सधै अर्काको जागिर खाइराख्नुपर्छ ।
  • अरुको सल्लाह लिनुहोस्ः अरुको सल्लाहले आफ्नो विचारलाई संशोधन गर्न सकिन्छ ।
  • राम्रो मान्छेसँग पार्टनर बनाउनेः एक कम्पनिको सफलतामा लैजान अनुभवी, मेहनती मानिसलाई छान्नुपर्छ ।
  • आफ्नो गल्ती अरुलाई नलगाउने, गल्तीबाट सिक्नेः अर्कालाई दोषी बनाउदा आफै मुर्ख होइन्छ, यसैले आफ्नो गल्तीलाई स्विकार गरेर सिक्नु नै राम्रोे हुन्छ ।
  • जीवन यस्तो हुँदैन जस्तो तपाइँ चाहानुहुन्छ ।

बिल गेट्स भन्छन् “जीवन निष्पक्ष छैन, यसको बानी लिनुहोस् । ”जीवन निष्पक्ष छैन यो त केवल परिक्षण हो, यो एक खेल हो, यो जोखिम हो । यदि तपाई तल झरेमा चिन्ता नगर्नुहोस् र प्रयास गरिरहनु भएमा एक दिन अवश्य सफल हुनुहुनेछ ।



प्रतिक्रिया दिनुहोस्