Logo

नेपालमा कोरोना भाइरस फैलनुको मुख्य कारक तबलिगी जमाती



काठमाडौं, ९ वैशाख । देशमा कोरोना भाइरसका संक्रमित संख्या ४२ पुगेको छ । संक्रमित मध्ये अधिकांश विगत ३५ दिनभित्र नेपाल प्रवेश गरेकाहरु हुन् । कतिपय लकडाउनका समयमा लुकिछिपी नेपाल छिरेको पत्ता लागेको छ ।

कोरोना भाइरसका संक्रमितमध्ये अधिकांश मस्जिदमा भेटिएका छन् । उनीहरुको सम्बन्ध दिल्लीस्थित निजामुद्दीनको तबलिगी जमात नामको धार्मिक समुदायसँग जोडिएका छन् । दिल्लीमा गत महिना भएको एक धार्मिक सम्मेलनमा कोरोना भाइरसको महामारी फैलिएको थियो । भारतमा आधाभन्दा बढी संक्रमणको कारक जमातीहरु रहेको तथ्यांक सार्वजनिक भइसकेको छ । यसको असर नेपालसम्म देखिएको छ ।

दिल्लीको धार्मिक सम्मेलनमा नेपालीहरु पनि सहभागी थिए । कतिपय नेपाली र भारतीय धर्मगुरुहरु सम्मेलनमा सहभागी भई देश छिरेको विषय उठेको थियो । कतिपय प्रवेश गर्न नपाउँदै उत्तर प्रदेशमा रोकिएका थिए । उनीहरु कोरोना संक्रमित समेत भेटिए ।

नेपालमा पनि तबलिगी जमातसँग सम्बन्धितहरुमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । संक्रमितहरु दुई महिना अघि नेपाल प्रवेश गरेको भनिएपनि उनीहरु लकडाउनका बखत भारतबाट नेपाल प्रवेश गरेको विषय चर्चामा छ । जमाती र उनीहरुसँग संसर्गमा आएकाहरुको कोरोना संक्रमित संख्या केलाउँदा नेपालमा संक्रमण फैलनुको मुख्य कारक तबलिगी जमाती हुन् भन्ने देखिएको छ । आधाभन्दा बढी उनीहरुकै संख्या छ ।

तबलिगी जमातीसँग जोडिएकाहरु वीरगञ्जको छपकैया र उदयपुरको त्रियुगास्थित मस्जिदमा भेटिएका थिए । उनीहरुमध्ये अधिकांश भारतीय नागरिक हुन् । चैत्रको अन्तिमतिर वीरगञ्जमा ३ जनामा संक्रमण भेटिएको थियो । यसै हप्ता त्रियुगा नगरपालिकामा पहिलो चरणमा १२, दोस्रो चरणमा एक र तेस्रो चरणमा ११ गरी कुल २४ जनामा संक्रमण भेटिएको छ । उनीहरुको कोशी अस्पतालमा उपचार भइरहेको छ ।

वीरगञ्जका समेत ३ संक्रमित जमाती जोड्दा कुल २७ जना मस्जिदमा बस्दै आएका र उनीहरुको संसर्गमा पुगेकाहरु संक्रमित भेटिएका छन् । त्यहाँका ३ संक्रमितको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

संक्रमितमध्ये २५ पुरुष र दुई महिला रहेका छन् । उनीहरु १८ देखि ६५ वर्ष उमेर समूहका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तबलिगी जमाती र संसर्गमा आएका संक्रमितहरुको विवरण
१. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
३. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
१०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
११. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
१२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
१३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
१४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
१५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
१६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६५ वर्षीय वृद्ध, ६ वैशाखमा पत्ता लागेको, कोशी अस्पतालमा उपचाररत
१७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
१८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
१९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
२०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ३३ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
२१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
२२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
२३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
२४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५२ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
२५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
२६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ३६ वर्षीया महिला , ९ वैशाखमा पत्ता लागेको
२७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी उमेर नखुलेकी महिला, ९ वैशाखमा पत्ता लागेको

File Photo



प्रतिक्रिया दिनुहोस्