Logo

सञ्चारकर्मीलाई काठमाडौ महानगरको साथ



काठमाडौ, ९ बैशाख । काठमाडौ महानगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम मोलेर रातदिन फिल्डमा खटिने सञ्चारकर्मीका लागि सुरक्षा सामाग्री र केहि खाद्यन्न उपलब्ध गराएको छ । महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले काठमाडौ जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत रही जोखिम मोलेर फिल्डमा खटिएका सञ्चारकर्मीलाई स्यानिटाइजर, मास्क र ग्लोभ्स उपलब्ध गराएका हुन् ।

मंगलबार महानगरमा एक कार्यक्रमको आयोजना गरि प्रमुख प्रशासकिय अधिकृत अर्यालले पत्रकार महासंघका केन्द्रिय सदस्य गोविन्द चौलागाई मार्फत सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् ।कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत अर्यालले जोखिम मोलेर फिल्डमा खटिदै जनतालाई सुचना उपलब्ध गराउन सक्रिय सञ्चारकर्मीलाई सम्मान स्वरुप सुरक्षा समाग्री उपलब्ध गराइएको जानकारी दिए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सञ्चारकर्मीको महत्वपुर्ण भूमिका रहेको स्मरण गर्दै आफु सञ्चारकर्मीको समस्यामा जहिले पनि सहयोग गर्न तत्पर रहने प्रतिवद्धता व्यक्त गरे । अर्यालले सञ्चारकर्मीहरु सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने र सरकारका राम्रा कार्यलाई जनता समक्ष लैजान कञ्जुस्याई गर्न नहुने बताए ।

अर्यालले लकडाउनका कारण अत्यन्तै समस्यामा परेका सञ्चारकर्मीहरुको दुखमा साथ दिन केहि खाद्यन्न समेत उपलब्ध गराइएको जानकारी दिए ।कार्यक्रमा पत्रकार महासंघका केन्द्रिय सदस्य गोविन्द चौलागाईले महानगरले पत्रकारको सुखदुखमा साथ दिएकोमा धन्यवाद दिदै महानगरको विकास निर्माण कार्यमा सञ्चारकर्मीहरु सधै साथमा रहने बताए । कार्यक्रममा महानगरका सहसचिव राजेश्वर ज्ञवालीको समेत सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्