Logo

सुर्य थापाको चेतावनी- हरिबोल जस्ता हैसियत नभएकाले प्रधानमन्त्रीको बदनाम गराउँदै हिंड्ने ?



काठमाडौं, १० वैशाख। सरकारले ल्याएका दुई अध्यादेशका कारण सत्तारुढ नेकपामा चर्को विवाद सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र सल्लाह नगरी अध्यादेश ल्याएको भन्दै पूर्व एमाले र पूर्व माओबादी पक्षका नेताहरुले पूर्णएकता नहुँदै पार्टी विभाजन गर्न खोजिएको बताएका छन् ।

अध्यादेश जारी पछि प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठकमा जानकारी गराएपनि सचिवयलय बाहिर रहेका नेताहले यसलाई अश्विकार गरेका छन् । नेकपा नेताहरु भिम रावल, हरिबोल गजुरेल लगायताका नेताहरुले प्रधानमन्त्रीको विरोध गरेपछि प्रधानमन्त्रीको सचिवालयनै उनिहरुका विरुद्धमा खनिएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुरागर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्रीको बेइज्जत गर्न खोजेको भन्दै कडा चेतावनी दिए । उनले स्थायी कमिटि सदस्य हरिबोल गजुरेललाई पार्टीमा हैसियतमै नभएका भन्दै पार्टी चहार्दै हिड्नेहरुले अनावस्यक रुपमा प्रधानमन्त्रीको ब्यइज्त गराएको आरोप लगाए। थापाले सरकारले आवस्यक ठानेर ल्याएको अध्यादेशका विषयमा पार्टीले चासो राख्नु आवस्यक नभएको बताए ।

सल्लहकार थापाले भने,’पार्टीका षड्यन्त्रकारीहरुले कुरा उठाउन आवस्यक छैन । हरिबोल गजुरेल जस्था १२ ठाँउमा छोडेर हिड्नेहरुले कुरा उठाइरहनु आवस्यक छैन । अध्यादेश कानून बमोजिम जारी भएको छ । संसद नभएको अवस्था प्रधानमन्त्री को सिफारिसमा राष्ट्रपतिले स्वीकृत गर्नुभएको हो । अध्यादेश कुनै सनइ र बाँजा हैन । आफु प्रधानमन्त्री हुदा ठिक । अरु हुँदा बेठिक । प्रधामन्त्रीले अध्यादेशका विषयमा पार्टीमा सोध्ने कुरा आउदैन ।’

उनले राजपा र समाजवादी पार्टी टुक्राउन लागि अध्यादेश नल्याएको भन्दै पत्रकारहरुले पनि अनावस्यक रुपमा विषयान्तर गरेको र कोरानाविरुद्ध लागेको सरकारलाई जनताको हवला दिएर बदनाम गराउन खोजेको दावी गरे । यो अध्यादेश कोराना विरुद्धको नभएको र आपत, विपद परेकै कारण सरकारले अध्यादेश ल्याएको बताए ।

थापाले भने, ‘अध्यादेश सामान्य प्रक्रिया हो । अध्ध्यादेश जारी भइसक्यो फिर्ता हुदैन । पार्टीलाई जानकारी गराएको हो । कांग्रेसले गर्ने विरोध र पार्टी नेताहरुले गर्ने विरोध फरक हो । दिनमा १० वटा पार्टी फोरेर हिड्ने बाबुरामको के कुरा गर्नु ।’



प्रतिक्रिया दिनुहोस्