Logo

प्रधानमन्त्रीले पार्टी फुटाइसक्नुभयो-गजुरेल



काठमाडौं, १० वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानन्त्री केपी शर्मा ओलीले पार्टी फुटाइसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले एकता प्रक्रिया नटुंगिदै पार्टी फुटाइसकेको आरोप लगाउँदै उनको इच्छा पूरा हुन नदिने बताए । प्रधानमन्त्रीका कारण नेकपाका नेताहरुलाई समाजमा अनुहार देखाउन समेत समस्या भएको टिप्पणी गरे ।

रेडियो एनआरएनको नेपाली बसहमा ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्रीको सचिवालयमा बसेर सरकारी तलव पचाएकाहरुले प्रधानमन्त्रीको बचाउका लागि धेरै चुरिफुरी नगर्न चेतावनी दिए । सरकारले जारी गरेको अध्यादेशलाई दिएर नेकपा नेताहरुबीच दोहोरी चलिरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाप्रति लक्षित गर्दै नेता गजुरेलले यस्तो चेतावनी दिएका हुन् ।

पार्टीको सचिवलयमा रहेका नेताहरुले पार्टी र सरकार चलाउन नसकेको भन्दै तत्काल स्थायी कमिटीको बैठक बोलाए छलफल गर्न आवस्यक भएको बताए । प्रधानमन्त्रीको सचिवालमा बसेर सरकारी तलव खानेहरुले पार्टीको बदनाम गराएको भन्दै उनीहरुको बोलीमा लगाम लगाउन आवस्यक भएको बताए ।

गजरेलले भने,‘प्रधानमन्त्री र उहाँको सचिवालयका सरकारी रासन वालाहरुले अध्यादेशको अर्थ पार्टी फुटाउने काम हो भनेर बुझेका छैनन् । अहिले कसैलाई नसोधी अध्यादेश ल्याउने समय थिएन । प्रधानमन्त्रीले पार्टी फुटाई सक्नुभयो । पार्टी फुटाउन बाहेक अरु अध्यादेशको अर्थ लाग्दैन ।’

औपचारिक रुपमा अहिले नै पार्टी नफुटे पनि आसय यहि भएको भन्दै पार्टी फुटाउन प्रधानमन्त्रीको इच्छा पुरा नहुने बताए। गजरेलले भने,‘प्रधानमन्त्रीले यो समयमा यस्तो कदमा चाल्नुभो । के भन्ने भन्ने गारो भो । जनताले नपत्याउने काम प्रधानमन्त्री कार्यलयमा बसेर छुच्चा कुरा गर्न मिल्दैन । यस्तो बेलामा यस्तो अध्यादेश ल्याउन हुने थिएन । फिर्ता गर्नुपर्छ । पार्टीमा छलफल भएको छैन । केपी ओली भनेको पार्टीले बनाएको प्रधानमन्त्री हो । प्रधानमन्त्रीका कारण टाउको लुकाउनै गाह्रो भो ।’-File Photo



प्रतिक्रिया दिनुहोस्