Logo

रावणबाट सिक्नुपर्ने ५ वटा ज्ञान



राम, सीता र लक्ष्मणको बारेमा त धेरै चर्चा र धेरै सिक्नुपर्ने कुरा छन् । तर रावणबाट पनि धेरै कुरा सिक्न सकिन्छ । रावण वेद, ज्योतिष र तन्त्रको ज्ञाता हुन् । उनी युद्ध र मायावी कलामा पनि पारंगत थिए । उनीसँग धेरै नराम्रो भएपनि राम्रा कुरा पनि थिए । जब रावण मरणासन्न अवस्थामा थिए तब श्रीरामले लक्ष्मणसँग भने, यो संसारको नीति, राजनिती र शःित्तको महान पण्डित रावण आज बिदा भइरहेछ, तिमी उसको नजिक जाउ र उसबाट जीवनको केहि शिक्षा लिउ र त्यो ज्ञान कसैले दिन सक्दैन् । तब लक्ष्मण रावणको चरणमा बसे । लक्ष्मण चरणमा बसेको देखेर रावणले बताएका कुरा जुन जीवनमा सफलताको कुञ्जी हो ।

  • शुभ प्रभातः रावणले लक्ष्मणलाई बताएको पहिलो कुरा श्रीरामको समयमा नै पहिचान गर्न नसक्नु नै आफ्नो दुर्गति भएको खुलासा । त्यसैले शुभ कार्य छिटो र अशुभ कार्य ढिलो गर्दा राम्रो हुन्छ
  • कोहि सानो नठान्नुः रावणले मानिस र बादरलाई सानो सम्झन्थे त्यो नै उनको गल्ती थियो । आफ्ना भाई र साथीलाई कहिल्यै पनि दुश्मनी नलिनु यिनीहरुले जहिलेृ पनि नोक्सान पु¥याउन सक्छन् ।
  • खोजी वृद्धिः रावण हरेक समय खोज र अविष्कारलाई महत्व दिन्थे उनले नयाँ नयाँ अस्क्र शस्त्र वा यन्त्र बनाइराख्थे । उनले स्वर्ग जाने सीढी बनाउन योजना पनि राखेको भनाइ छ । रावणले स्वर्गबाट सुगन्ध निकाल्ने प्रयास गरेका थिए ।
  • बोलीको पक्काः रावणले आफुले हात हालेको वा बोलेको मा पुरै निष्ठा, लगन र जोशको साथमा कार्य सम्पन्न गरी छाड्थे । यसैकारण उनले अनेक तरहको विद्या, ज्ञाता र मायावी भएका थिए ।
  • रावणले रचेको सम्प्रदायः रावण मानव विरुद्ध र राक्षसको पक्षमा थिए । उनले आर्यको भोगविलास वाला ‘यक्ष’ संस्कृतिबाट फरक सबैको रक्षा गर्नको लागि ‘रक्ष’ संस्कृतिको स्थापना गरेक थिए ।यहि रक्ष समाजको मानिसमाथी राक्षस कहलिए ।


प्रतिक्रिया दिनुहोस्