Logo

जमातीमा बढी कोरोना संक्रमण देखिएकाले गम्भीर छौं, घरमै नमाज पढौं- मुस्लिम आयोग



काठमाडौं, १२ वैशाख । मुस्लिम आयोगले रमदानको समयमा पनि घरमै नमाज पढ्न आग्रह गरेको छ । आज मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले रमजान महिनामा पनि घरमै नमाज पढ्न आग्रह गरेका हुन् ।

कोरोना भाइरसका कारण मुस्लिम समुदायलाई लकडाउनको पूर्ण पालना गर्न भन्दै सामाजिक दुरी कायम गर्न भने । अन्सारीले भने, ‘यसमा हेलचेक्राईँ नगरौं, दुर्घटना हुनसक्छ ।’ यो महामारी कुनै धर्म र जात विशेषलाई हुने नभएकाले रोगसँग मिलेर लड्नुपर्ने बताए ।

जमातीको ठूलो संख्यालाई उदयपुर र वीरगञ्जमा कोरोना भाइरसको संक्रमण भएको उल्लेख गर्दै आफूहरु गम्भीर भएको बताए । उनले भने, ‘जमातीमा बढी देखिएकाले गम्भीर भयौं ।’

धर्म गुरु बसेको र केही कर्मचारी बसेकोमा सचेत गराएको बताए । हरेक मदरसा र मस्जिदमा बसेकालाई स्वाब टेष्ट गरिएको बताए । मस्जिद मदरसामा केही छुटेको र फसेको भए अबिलम्ब गएर सरकारलाई सहयोग गर्न आग्रह गरे ।

मुस्लिम समुदायले अहिलेको अवस्थामा सहयोग गर्नुपर्ने बताए । मस्जिदमा धर्म गुरुबाहेक आवश्यक कर्मचारी बाहेक कोही नबस्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्