Logo

कोरोनाले चम्कायो नेटफ्लिक्सको भाग्य, तीन महिनामा बढे डेढ करोडभन्दा धेरै ग्राहक



१२ वैशाख : लकडाउनका कारण एकातिर पूरै विश्व मन्दी तर्फ बढिरहेका बेला अर्कातर्फ ओटीटी प्लेटफर्म नेटफ्क्सिलाई भने अधिक फाइदा भइरहेको छ । सिनेमाघर र टेलिभिजनको खस्किएको स्थितिको फाइदा नेटफ्लिक्स लगायत अन्य प्लेटफर्महरुलाई प्राप्त भएको छ ।

नेटफ्लिक्स पछिल्लो तीन महिनामा दुई गुणा रफ्तारमा नयाँ सब्साक्राइबर्स जोड्न सफल भएको छ । नेटफ्लिक्सको १३ वर्षको इतिहासमा यो तीन महिनाको सबैभन्दा तीव्र बढोत्तरी हो ।

नेटफ्लिक्सले पछिल्लो तीन महिनामा करिब एक करोड ६० लाख नयाँ सब्सक्राइबर्स जोडेको छ । मार्चको अन्त्यसम्मा नेटफ्लिक्सका १८ करोड ३० लाख सब्सक्राइबर्स थिए । यो गत वर्षको तुलनामा २३ प्रतिशत धेरै हो ।

कोरोनाको महामारीका कारण जहाँ मानिसहरु घरमा कैद हुन बाध्य छन् । उता नेटफ्लिक्स भने विश्वको सबैभन्दा प्रभावशाली बनेर उदाइरहेको छ । जुन लगातार मानिसहरुको मनोरञ्जनको केन्द्र बन्न सफल भएको छ ।

यसैगरी नेटफ्लिक्सले पहिलो त्रैमासमा ७० करोड ९० लाख डलर आम्दानी गर्याे, जुन गत वर्षको तुलनामा तीन गुणा बढी हो । मेरोलागानी



प्रतिक्रिया दिनुहोस्