Logo

कंसको हत्या



आकाशवाणीले कंस आतकित

कंसको एक बहिनी पनि थिइन् उनको नाम देवकी हो । यी दुई भाई बहिनीमा निकै प्रेम थियो । देवकीलाई चोट लागेमा कंसलाई दुख्ने गथ्र्यो । समय संगै देवकीको विवाह गर्ने दिन आयो । महाराजा वासुदेवसग देवकीको विवाह खुशी खुशी सम्पन्न भयो । तर जब देवकीलाई बिदा गरे तब कंसको लागि आकाशवाणी भयो, उक्त आकाशवाणीमा देवकीको आठौ सन्तानले कंसको वध गर्नेछ । यो सुनेर कंस डराए र जुन बहिनीलाई धेरै माया गर्थे उसैको हत्या गर्ने योजना बनाए ।

श्रीकृष्णको जन्म

देवकीको हत्या गर्ने विचार गराएका थिए कंसले । तर, वासुदेवले आफ्नो हरेक सन्तान कंसलाई हस्तान्तरण गर्ने वाचा गरेपछि देवकीको हत्या नगर्ने भए । कंसलाई यो कुरा उचित लागेकाले वासुदेव र देवकीलाई जेलमा हालिदिए । जन्मेका सबै सन्तान कंसलार्य उनीहरुले सुम्पिदिए र उसले हत्या गरीदियो । जब सातौ सन्तानको पालो आयो उक्त बच्चा जन्मनु भन्दा पहिले नै भगवान विष्णुले मायाले देवकीको गर्भको बच्चा वासुदेवको पहिलो पत्नी रोहिणीको गर्भमा स्थापित गरिदिए ।

रोहिणीको गर्भबाट जन्म लिएका बच्चा बलराम थिए । विस्तारै विस्तारै आठौ सन्तानको जन्म लिने समय आयो, आठौ सन्तानको रुपमा श्रीकृष्णले जन लिए । कंसको सबै सेना निन्द्रामा थिए वासुदेवको हत्केडी खुल्यो र उनी बाहिर निस्के । वासुदेवले आफ्नो श्री हरि भगवान विष्णुको अवतार भगवान श्रीकृष्णको मित्र नन्दलाई भेट्न सफल भए ।

कंसको हत्या

आठौं सन्तान जन्मेपछि फेरी आकाशवाणी भयो र कंसलाई थाहा भयो कि आफुलाई मार्ने उत्पन्न भैसकेको छ । उनले तुरुन्त शिशु मार्ने आदेश दिए, कृष्णको हत्याको धेरै प्रयास गरेपछि सफल भएनन् । कृष्ण र बलराम ठुला भए । कृष्णले आफ्नो लिला देखाउदै दिनहरु बित्दै थिए । यस्तैमा एक दिन कंसले कृष्ण र बलरामलाई मथुरा बोलाएर आफ्नो मृत्युलाई बोलाए । कंसले कृष्ण र बलरामलाई जाल बुनेका थिए तर भगवान कहिल्यै पनि कसैको जालमा फस्दैनन । पागल हात्तीलाई उनीहरुका पछि छोडियो, उसको सुँढ काटेर मारे । यसपछि मल्ल युद्धको लागि चुनौति दिइयो, जसमा कंसको सबै महारथी मारिए । कृष्णले कंसलाई भने मामा तिम्रो पापको भाँडो भरीयो । भन्दै कंसको टाउको आफ्नो सुदर्शन चक्रले अलग गरिदिए ।

यसकारण कंसको हत्या गरेर भगवान श्रीकृष्णले पृथ्वीवासीलाई एक अत्याचारीबाट मुक्ति दिलाएका थिए । जुन दिन यो विश्व कंसको आंतकबाट मुक्त भए यहि दिनलाई कात्र्तिक महिनाको शुक्ल पक्षको एकादशीको दिन मानिन्छ । (धार्मिक ग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्