Logo

रावणले किन सीतालाई छोएनन्



सीतालाई अपहरण गरेका कारणले मात्र रावणको मृत्यु भएको थियो । भगवान शिबबाट वरदान र शक्तिशाली खड्ग प्राप्त गरेपछि रावणमा धेरै अंहकार बढेको थियो । उनी पृथ्वी भ्मण गदैृ गर्दा हिमालय पर्वतको घना जंगलमा पुग्दथे । उनले एक रुपवती कन्यालाई तपस्यामा लिन भएको देख्छन् । र ती कन्याको रुप रंग देखेर रावणले राक्षसको रुप बनाई उठेर उनको तपस्या भंग गरि उसको परिचय जान्न चाहान्छन् । काम वासनाले भरपुर भएका रावणको प्रश्न सुनेर कन्याले भनिन् । ‘मेरो नाम वेदवती हो । म परम तेजस्वी कुशध्वजको छारी हु । म वयस्क भएसँगै देवता, गन्र्धव, यक्ष, राक्षस, नाग सबैले म सँग विवाह गर्न चाहान्छन, तर म मेरो पिताको इच्छा थियो कि समस्त देवताको स्वामी श्रीविष्णु नै मेरो पति बने । ’

मेरो पिताको उक्त इच्छासँग क्रद्ध भएर शम्भु नामक दैत्यले सुतेको समयमा पितालाई हत्या गरीदियो र मेरो माता पनि पिताको वियोगमाा उनको चितामा दौडेर आफ्नो ज्यान दिइन् । यसैकारण आफ्नो पिताको इच्छा पुुरा गर्न म तपस्या गरिरहेको छु ।

यति भन्दे गर्दा सुन्दरीले रावणको गलत इच्छा थाहा पाइसकेकी बताइन् सबै सुनेर रावण क्रोधमा आए र आफ्नो दुई हातले उस कन्यालाई कपाल समातेर तान्न लाए । उनि क्रोधित भएर आफ्नो अपमानको पिडा सहन नसकेर कन्याले श्राप दिइन् । र भनिन् तेरो हत्याको लागि फेरी कुनै धर्मात्मा पुरुषको छोरी भएर जन्म लिनेछु । महान ग्रन्थमा रावण संहिता मा उल्लेख गरीएको छ दोस्रो जन्ममा उहि तपस्वी कन्या एक कमलको सुन्दर बाट उन्पन्न भइन् जसको सम्पुर्ण कार्य कमलको समान थियो । पछिल्लो जन्ममा पनि रावणले पनि फेरी उस कन्यालाई आफ्नो बलबाट प्राप्त गरेर आफ्नो महलमा लगेका थिए । उक्त फुलमा भएको कन्यालाई देखेर ज्योतिषले रावणलाई यस कन्यालाई महलमा राखेमा रावणको मृत्युको कारण बन्ने भनेकाले रावणले समुन्द्रमा फ्याकेका थिए ।

त्यहि कन्या पृथ्वीमा पुगेर राजा जनकको हलो जोत्दै गर्दा उनकी पुत्री बनेर फेरी प्रकट भएकी थिइन् । मान्यता छ बिहार स्थित सीतामढीको पुनौरा गाउँको स्थानमा राजा जनकले हलो चलाउदै थिए । शास्त्रको अनुसार तिनै कन्या सीताको रुप बनाएर रामायणमा रावणको हत्याको कारण बनिन् ।



प्रतिक्रिया दिनुहोस्