Logo

पित्तको पत्थरी



पित्त नाशपती जस्तो देखिने शरीरको आन्तरीक अंग हो, जुन लिवरको ठिक तल हुन्छ र लिवरबाट खस्ने पित्तरसलाई संग्रहि तगर्दछ । पित्ताशय शरीरको लागि पित्त प्रणालीको एक भाग हुन्छ । पित्त प्रणालीबाट पित्त नलिकाले आमाशय तथा लिवर आदी पनि सहभागी हुन्छ । पित्तरसको निर्माण गर्न र उसलाई पुरै शरीरमा संचारीत गर्ने काम पित्त प्रणालीको हुन्छ । पित्ताशयको पत्थरी क्रिस्टल जस्तो तरल पद्धार्थ हुन्छ, जुन पित्ताशयमा बन्छ । पित्ताशयको पत्थरी पित्ताशयमा बिना कुनै प्रकारको दुखाइ जा अन्य लक्षण उत्पन्न गर्न सक्छ यो पित्ताशयको भित्तालाई उत्तेजित गराइ पित्त नलिलाई बन्द गराइदिन सक्छ । यसको कारण संक्रमण्म, सुन्निने, पोल्ने र माथिल्लो पेटमा दुख्ने हुनसक्छ । यसको संक्रमण पित्ताशय वा आमाशयबाट लिवरमा फैलन सक्छ ।

लक्षण

पित्ताशयमा हुने पत्थरी धेरै मानिसमा लक्षण नै देखा पर्दैन । यसलाई साइलेंट गैलस्टोन भनिन्छ । यसको कुनै उपचारको आवश्यकता पर्दैन । पित्ताशयको पत्थरी बढ्दै जादा लक्षण पनि देखिन्छ पेटको माथिल्लो भाग दुखाइ सुरु हुन्छ ।

  • दुखाइको आक्रमण दिन, महिना र पुरै वर्षसम्म लाग्न सक्छ ।
  • दुखाइ सामान्यतया भोजन गरेको ३० मिनेट शुरु हुन्छ ।
  • यसको दुखाइ सुस्त, गम्भीर र लगातार ५ घण्टा लगातार हुनसक्छ ।
  • यसमा दुखाइ दाहिने काध वा पिठसम्म हुनसक्छ ।
  • यो प्राय रातको समयमा हुन्छ, यसकारण मानिसहरु निदाउन सक्दैन ।
  • उल्टी हुने
  • ज्वरो आउने
  • अपच
  • छाला पहेलो हुने
  • वोसो युक्त खाना खाँदा शरीरमा नकरात्मक प्रतिक्रिया

दुखाइले मानिसलाई बाध्य बनाउन सक्छ राहत महसुस गर्नको लागि यता उता हिड्ने गर्छन् । कसैले आफै ठिक हुनेमा पनि पर्खिएका हुन्छन् ।



प्रतिक्रिया दिनुहोस्