Logo

लकडाउन थप्नेबारे भोलिको मन्त्रिपरिषदमा निर्णय हुने



काठमाडौं, १३ बैशाख । यही बैशाख १५ गतेसम्म कायम गरिएको लकडाउन थप्ने वा नथप्ने भन्नेबारे भोलिको मन्त्रिपरिषदमा निर्णय हुने भएको छ । आज बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धीको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन कायम राख्ने वा नराख्ने भन्नेबारे आफ्नो राय आज दिने भएको छ ।

तर, निर्णय भने भोलि बस्ने मन्त्रिपरिषदको बैठकबाट हुने पनि बैठकमा सहभागी एक मन्त्रीले पत्रकार ऋषि धमलालाई जानकारी दिए । यसअघि पनि समितिको सिफारिश अनुसार नै मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्