Logo

कुवेतमा ४ हजार नेपालीलाई कारबाहीबाट जोगाऔं, उसकै खर्चमा पठाउँदैछ स्वदेश ल्याऔं



गोविन्द भट्टराईः कुवेत सरकारले त्यहाँ रहेका करिव ४ हजार गैरकानुनी रुपमा बस्र्दै आएका नेपाली कामदारलाई नेपाल फिर्ता हुन चाहेमा आफ्नै खर्चमा नेपालसम्म पु¥याउने निर्णय गरेको छ । कुवेत सरकारको गैरकानुनी रुपमा बसेका विदेशी कामदारलाई आफ्नै खर्चमा सम्वन्धित देशसम्म पु¥याउने नयाँ नीति अनुसार यसअघि गैरकानुनी रुपमा बसेकालाई कानुन अनुसारको दण्ड सजाँय मिनाह गरेर एकमुष्ट आममाफि दिएर सम्वन्धित देशमा फिर्ता गर्ने निर्णय गरेको छ । कुवेतले विभिन्न देशका कामदारलाई फरक फरक मिति तोकेर आफ्नो मुलुक फर्कने तालिका समेत बनाएको छ । अप्रिल २६ (भोली आईतबार) देखि ३० गतेसम्म गैरकानुनी रुपमा बस्दै आएका नेपाली कामदारलाई फिर्ता हुनका लागि समय दिएको छ । त्यहाँका विमानहरुलाई पनि विना भिषा सम्वन्धित देशमा लैजान सक्ने निर्णय कुवेतले गरेको छ ।

तर कुवेत सरकारले तोकेको समयभित्र नेपाल नफर्किए फेरि उनीहरु गैरकानुनी भएर कारबाहीको भागिदार हुन सक्छन् । तसर्थ म नेपाल सरकारलाई तत्काल कुवेतमा रहेका ति नेपाली कामदारलाई नेपाल फिर्ता गराउने प्रवन्ध गर्न अनुरोध गर्दछु । उनीहरु नेपाल आउनु अघि कोरोनाभाइरसको परिक्षण गरेर मात्रै पठाउन कुवेत सरकारकै नीति छ । फर्कने हवाई भाडा पनि कुवेत सरकारलेनै दिने भएकाले यसमा नेपाल सरकारको आर्थिक भार पनि हुदैन । उनीहरुलाई नेपाल ल्याएर कम्तिम १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था मात्रै गर्नुपर्ने हुन्छ । तर कुवेत सरकारले तोकेको समय आइतबार (वैशाख १४ गर्ते) देखि सुरु हुदासम्म समेत त्यहाँको नेपाली दूतावासले नेपाली कामदार ल्याउने विषयमा कुनै प्रक्रिया सुरु नगर्नु निकै दुःखद हो । तसर्थ तत्काल क्वारेन्टाइनको प्रवन्ध गरेर उनीहरुलाई नेपाल ल्याउने कूटनीतिक पहल अघि बढाउन नेपाल सरकार, परराष्ट मन्त्रालय र त्यहाँको दूतावासलाई आग्रह गर्न चाहन्छु ।

कुवेत सरकारको सोही निर्णय अनुसार गैरकानुनी रुपमा बस्दै आएका करिव ४ हजार नेपालीहरु नेपाल आउन चाहेका छन् । तर पनि नेपाली दूतावासले नेपाल ल्याउने पहल नगर्नु आफ्ना नागरिकप्रतिको गम्भीर लापरबाही हो । उनीहरुले नेपाल आउन चाहेकोभन्दै सम्वन्धित दूतावास मार्फत नेपाल सरकारसँग अनुरोध गर्दै आएका छन्। तर उनीहरुको आग्रहलाई सरकारले कुनै सुनुवाई गरेको छैन । विश्वभर रहेका आफ्ना नागरिकको सुरक्षा गर्ने र आवस्यक परे नेपाल सरकारको खर्चमा उनीहरुलाई सम्वन्धित देशबाट फिर्ता ल्याउने राज्यको दायित्व हो । तर कुवेत सरकारलेनै खर्च बेहोर्ने र उनीहरु फेरि कुवेत जान कुनै रोकतोक नहुनेगरी सुविधा दिदा समेत सरकार चुप लाग्नु आफ्ना नागरिकप्रतिको गम्भीर हेलचक्राई हो ।

म नेपाल सरकारलाई तत्काल आफ्ना नागरिकलाई नेपाल ल्याउने पहल गर्न अनुरोध गर्दछु। र कुवेतबाट ल्याएपछि उनीहरुलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार क्वारेन्टाइनमा राख्ने प्रवन्ध गर्न माग गर्दछु । (नेपाली काँग्रेस जनसम्पर्क समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले आज जारी गरेको विज्ञप्ति)



प्रतिक्रिया दिनुहोस्