Logo

नेकपा सचिवालय बैठक बस्नेबारे अझै अन्यौल



काठमाडौं, १६ बैशाख । आज बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक तय नभएको बुझिएको छ । हिजो (सोमबार) राति अबेरसम्मपनि सचिवालय बैठक बोलाउनेबारे कुनै ठोस निर्णय नभएको स्थायी कमिटी सदस्य डा. भीम रावलले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

यद्धपी हिजो बरिष्ठ नेता माधव कुमार नेपालको निवासमा प्रधानमन्त्री केपी शर्मा ओली समूह र नेता नेपाल समूहबीचको छलफलमा सचिवालय बैठक आज बोलाउने भन्नेबारे सहमति भएको कुरा बाहिर आएको थियो । तर, रावलले राति अबेरसम्मपनि उक्त बैठक बस्ने कुनै टुँगो नभएको जानकारी दिए ।

पछिल्लो समय नेकपाभित्र विवाद चर्किँदै गएको छ । प्रधानमन्त्री ओलीविरुद्ध अर्का अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत एकमत देखिएका छन् । कतिपयले यो शक्ति संघर्षले कतै नेकपा फुट्ने त होईन ? भनेरपनि विश्लेषण गरिरहेका छन्। File Photo



प्रतिक्रिया दिनुहोस्