Logo

सुलभ अग्रवाललाई छुटाउन अनेकौं प्रयास



काठमाडौं, बैशाख १६ । कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाउँदै व्यक्तिगत सामान ल्याएर बढी मूल्यमा बेच्ने शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई सामान्य धरौटीमा छुटाउन भएका अनेकौं प्रयास कमजोर हुँदै गइरहेको छ ।

स्वास्थ्य सामग्री बिक्रीमा कालोबजारी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अग्रवालले हिरासतबाटै सामान्य धरौटीमा फुत्किन अनेक प्रयास जारी राखेका छन् । प्रहरीले अग्रवालविरुद्ध चारवटा मुद्दा लगाउने गरी अनुसन्धान प्रतिवेदन तयार पारेपछि उनलाई धरौटीमा छुटाउने प्रयास कमजोर बन्दै गएको हो । विगतमा नक्कली भ्याट बिल प्रकरणमा पनि उनी मुछिएका थिए ।

हाल उनलाई छुटाउन नेपाल उद्योग परिसंंघ र नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न व्यवसायीले प्रयास गर्दै आएका छन् । उनलाई सांसद् एवं राजनीतिक नेतृत्वले समेत संरक्षण दिँदै आएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्