Logo

बाढिले जलाउदै गरेको शवसहित बालकलाई बगायो



इलाम, बैशाख १४ । हाल समाजिक सञ्जालमा खोलामा आएको बाढीको एक भिडियो भाइरल भइरहेको छ । टन्टलापुर घाम लागिरहेको समयमा एक्कासी आएको बाढिले खोलामा जलाउदै गरेको शव बगाएको भिडियोले अहिले विभिन्न प्रतिक्रियासमेत पाइरहेको छ ।

घटना सोमबारको हो । इलामको फाकफोकथुम गाउँपालिका २ र ३ को बीचमा पर्ने फाकफोक खोलामा अचानक आएको उक्त बाढीले जलाउदै गरेको शव मात्रै बगायन खोलामा पौडि खेल्दै गरेका १२ वर्षे मनोज लिम्बू नाम गरेका बालकलाई समेत बगाएको छ । स्थानीय ४० वर्षे रामबहादुरको भिरबाट लडेर मृत्यु भएको थियो ।

बाढीले ज्यान गुमाएका बालकको शव घटनास्थलदेखि तीन किलोमिटर पर खोला किनारमा भेटिएको छ ।



प्रतिक्रिया दिनुहोस्