Logo

कोरोनाको कहरमा भारतीय सार्मथ्य



विपिन देव: कोरोना भाइरसको कारणले विश्व आक्रान्त रहेको अवस्थामा शक्ति सन्तुलन, कुटनीति आयाम, अन्तर–देशीय सम्बन्ध, बहुपक्षीय सम्बन्ध लगायत जीवनका विभिन्न पक्षहरु प्रभावित भएका छन् । खासगरी चीनले कोरोनालाई अवसरको रुपमा प्रयोग गरेर विश्व बजारमा आफ्नो आर्थिक कब्जा बढाइरहेको देखिन्छ । युरोप लगायत विश्वका विभिन्न भागमा कोरोनाको प्रकोप र पराकम्पनले ठुल–ठुला कम्पनीहरु धरासायी भइरहेको परिवेशमा चिनियाँ कम्पनीहरु त्यस्ता आर्थिक संकटबाट गुज्रिरहेको कम्पनीहरुमा आफ्नो लगानी बढाइरहेको देखिन्छ ।

चिनियाँ कम्पनीहरुमा ८०% लगानी चिनियाँ सरकारको रहेको देखिन्छ । चिनियाँ कम्पनीहरुको माध्यमबाट चिनियाँ सरकारले विश्व अर्थतन्त्रलाई कब्जा गर्दै आफ्नो हैकम बढाउने कुरा जानकारहरुको विश्लेषण रहेको देखिन्छ । अमेरिकाले चीनको रवैया प्रति आक्रोश बेला–बेलामा गर्दै आएको छ भने चीनले पनि अमेरिकी विरोधको प्रतिवाद गर्दै आएको छ । यस परिदृश्यमा भारतले पनि आफ्नो कुटनीति अभ्यासहरुलाई तीब्र पार्दै आफ्नो सम्बन्धलाई परिमार्जित र परिष्कृत गर्दै अगाडी बढिरहेको छ ।

भारतले कोरोनालाई चुनौती र अवसरको रुपमा समेत लिएको देखिन्छ । इण्डो–प्यासिफिक रणनीति अनुरुप आफ्नो शक्ति र सामर्थ्य अनुरुप आफ्नो प्रभावलाई भारतले अगाडी बढाइरहेको छ । वुहानबाट भारतका नागरिकहरुलाई कोरोनाको चपेटबाट उम्काएर आफ्नो नागरिकहरु प्रतिको जिम्मेवारीलाई पुरा गर्दै इण्डा–प्यासिफिक क्षेत्रका नागरिकहरुलाई पनि मुक्त गराउन भारत सफल भएको देखिन्छ । अर्थात् बंगलादेश, म्यान्मार, माल्दिभ्स, साउथ अफ्रिकाका नागरिकहरुलाई कोरोनाको कहरबाट उम्काएर आफ्नै देशमा क्वारेन्टाइनमा राखेर इण्डो–प्यासिफिक क्षेत्रमा आफ्नो सामथ्र्यको परिचय दिन भारत सफल भएको छ । भारतले मौरिसस र चिलीलाई विशेष सहयोग गरेको देखिन्छ ।
मौरिसस र चिली भारतबाट प्रचुर मात्रामा औषधी र स्वास्थ्यकर्मीहरुको सेवा प्राप्त गरेर कोरोनाबाट राहत पाउन सफल भएको छ ।

कोरोनाबाट बढी पीडित भएका मुलुकहरुमध्ये इरान पनि एक हो । इरान र भारतको मित्रतामा विगत केहि दिनदेखि समस्या उत्पन्न भएको थियो । अमेरिकी सामीप्यताको कारणले भारतले इरानसँग तेल र ग्यास आयातमा कटौती गरेको थियो जसले गर्दा इरानको अर्थतन्त्रमा प्रतिकुल असर परेको थियो । कोरोनाबाट छटपटाइरहेका इरानले भारतबाट सहयोग र सद्भावको अपेक्षा राखेको थियो । इरानी राष्ट्रपति रहमानीले भारतीय प्रधानमन्त्री मोदीलाई एक पत्र लेख्दै सहयोग र सद्भावको अपेक्षा प्रकट गरेको थियो । भारत र इरानको प्राचीन सम्बन्ध र सामरिक महत्वलाई ध्यानमा राख्दै भारतले इरानलाई आफ्नो सामर्थ्य अनुसार यथेष्ट सहयोग गरेको देखिन्छ । इरानको चावाहार बन्दरगाहबाट अफगानिस्तानमा खाद्य संकट नहोस भने उद्देश्यले भारत गहुँ निर्यात गर्न सफल भएको छ ।

त्यस्तै विगत केही वर्षमा आसियानका मुलुकहरुमध्ये मलेसियासँग भारतको सम्बन्धमा मधुरता घटेको थियो । मलेसियाले कोरोनाको कहरबाट राहत पाउन भारतसँग सहयोगको अपेक्षा गरेको अवस्थामा भारतले मलेसियालाई प्राविधिक सहयोगका साथ–साथै औषधी र उपकरणहरुको समेत सहयोग गरेको देखिन्छ । सन् २०१५ मा मोदी मौरिसस र चिलीको यात्रा गरेको बेलामा दुईटै मुलुकहरुसँग सुमधुर सम्बन्ध बनाएको थियो । तदनुरूप सन् २०१८ म मौरिसस र चिलीसँग विभिन्न सन्धी र सम्झौता भएको थियो । त्यहि सम्झौता अनुरुप चिली र मौरिससमा भारत आफ्नो पहुँच र पहिचान सहयोग र सद्भावको माध्यमबाट अगाडी बढाएको देखिन्छ । इण्डो–प्यासिफिक क्षेत्रमा आफ्नो रणनीतिलाई अगाडी बढाएको स्वास्थ्य सेवाबाट आफ्नो दौत्य सम्बन्धलाई भारतले सुदृढिकरण गरिरहेको छ ।

दक्षिण एसियाली मुलुकहरुसँग सहकार्यको थालनी भिडियो कन्फ्रेन्सबाट गर्दै छिमेकीलाई पहिलो प्राथमिकता भारतले दिएको देखिन्छ । भारतीय विदेश नीतिको “नायवरहुड फस्ट” नीतिलाई “एक्सटेन्टेड नायवरहुड” मा परिणत गर्दै खाडी मुलुकहरुसँग पनि सहयोगको दायरा भारतले बढाएको देखिन्छ । अर्को शब्दमा भन्ने हो भने भारतले सन् २०१८ फरवरीमा यमनसँग, सन् २०१८ जुनमा इजरायलसँग र सन् २०१८ मा नै साउदी अरेबियासँग सहयोग आदानप्रदानको सम्झौता र समझदारी गरेको देखिन्छ । तदनुरूप स्वास्थ्य, अनुसन्धान, चिकित्सा अध्ययन जस्ता क्षेत्रहरुमा उच्च प्राथमिकता दिएको देखिन्छ । अप्रिल १ मा कुवेतका राष्ट्रप्रमुखले पनि भारतको सहयोग गरेको थियो । भारतले कुवेतको अपेक्षालाई पनि सम्बोधन गरेको अवस्था छ ।

खाडी मुलुकहरुसँग भारतको आर्थिक सम्बन्ध बडो व्यापक छ । खाडी मुलुकहरुमा भारतीय नागरिकहरुको उपस्थिति १० मिलियन रहेको देखिन्छ । खाडी मुलुकहरुबाट भारतले विप्रेषण (रेमिटेन्स) मार्फत ४० बिलियन अमेरिकी डलर प्राप्त गर्दछ । यहि परिवेशमा भारतले खाडी मुलुकहरुसँग अन्तरसम्बन्धलाई स्वास्थ्य कुटनीतिको माध्यमबाट बलियो बनाएको छ ।

खाडी मुलुकहरुसँगको सम्बन्धलाई भारत र इजरायल सम्बन्धले प्रभावित हुन भारतले दिएको छैन । इजरायलको भारत ठुलो हतियारको बजार हो । यहुदीहरु भारतसँग बढी घनिष्टता र सामीप्यता राख्दछन् । संसारको प्रविधिमा इजरायली पहुँचलाई नजर–अन्दाज गर्न मिल्दैन कोरोनाबाट जुध्न भारतले इजरायललाई ५ टन औषधी दिएको छ भने भारतीय जल सेनाले मार्च २६ र २७ मा मात्र ५०० इजरायली नागरिकहरुलाई अलपत्रबाट जोगाउन सफल भएको देखिन्छ । भारत र इजरायलले कोरोनासँग जुध्न सँग–सँगै धेरै अनुसन्धानका प्रयास र अभ्यासहरुलाई अगाडी बढाएको छ ।

चीनले आफ्नो रेशम मार्गको नीति (वि.आर.आइ.) अनुरुप अगाडी बढाइरहेको छ भने भारतले इण्डोप्यासिफिक नीति (आइ.ओ.आर.) नीति अगाडी बढाइरहेको छ । चीनको पहुँच भएका मुलुकहरु “डेब्ट ट्रयाप” मा परेको जानकारहरुको दाबी छ । श्रीलङ्काको हम्बनटोटा र पाकिस्तानको सिपेक योजनाहरु प्रतिनिधि उदाहरणहरु हुन् । तर भारत चीनसँग आर्थिक र सैनिक सामर्थ्यमा अपेक्षाकृत कमजोर भएता पनि “वसुधैव कुटुम्बकम् र बहुजनहितायम् र बहुजन सुखायः” नीति अनुरुप लोक–कल्याणलाई नै कुटनीतिको अस्त्र बनाउँदै आफ्नो सामीप्यता र सम्बन्धलाई अगाडी बढाएको छ ।

भारतले कोरोनासँग संग्राम गर्दै आफ्नो अनुभवहरुलाई पनि अरु मुलुकहरुसँग साटासाट गरिरहेको छ । अर्को शब्दमा भन्ने हो भने भारतले जनवरी देखि आफ्नो हवाईअड्डा र बन्दरगाहहरुमा संवेदनशीलता बढाउँदै स्क्रिनिङ् सुरु गरिसकेको थियो । मार्च २५ मा भारतले लकडाउन नगरेको भए १ अर्ब ३० करोडको जनसंख्या भएको देशले कोरोनाको प्रकोपलाई थेग्न सक्दैन थियो होला । अर्थात् भारतको सतर्कता र सामर्थ्यलाई यु.एस.डब्ल्यु.एच.ओ. र आइ.एम.एफ जस्ता अन्तर्रा्ष्ट्रिय संस्थाहरुले प्रशंसा गरेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्