Logo

कोरोनाको कारण ४ खर्बको उद्योग महासंकटमा, एक लाख मजदुर बिचल्लीमा (भिडियोसहित)



काठमाडौं, १८ बैशाख । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले लकडाउनका कारण ४ खर्बभन्दा बढि लगानी रहेको सिमेन्ट उद्योग ठूलो संकटमा परेको दुःखेसो गरेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले नेपालमा सिमेन्ट उद्योग चकनाचुर नै भयो भन्ने अवस्थामा नपुगेपनि अवस्था भने राम्रो नरहेको जिकिर गरे ।

उनले भने,”पहिलो कुरा कोरोनाभन्दा अगाडिको कुरा गरौं, त्यतिवेलापनि त्यति राम्रो स्थिति थिएन् । किनभनेदेखि २०७२ सालको भुकम्पतिर जानुपर्छ, अलिकति ईतिहासतिर जानुपर्छ । २०७२ को भुकम्पपछि जुन किसिमको पूर्ननिर्माण होला, विकास निर्माण होला भनेर धेरै सिमेन्ट उद्योग यहाँ आए । त्योअनुसार विकास निर्माणको कामले गति लिन सकेन । त्यसपछि संविधान आयो, चुनाव भयो, नयाँ सरकार स्थिर सरकार आयो । त्यही भएर धेरै लगानी आयो । तर, अपेक्षाकृत विकास निर्माणको कामले गति लिन सकेन् । त्यसकारण उत्पादित सबै सिमेन्ट खपत हुने स्थिति आएको थिएन । हामी कसरी उत्पादन क्षमतालाई प्रयोग गर्ने भनेर घनिभूत छलफल गरिरहेका थियौं । त्यही बेलामा यो कोरोना महामारी आयो ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot