Logo

सुलभ रिहा र पक्राउको नाटकीय रुप (फोटोफिचर)



काठमाडौं, १८ वैशाख । कालोबजारीको अभियोगमा २५ चैत्रमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल धरौटीमा रिहा गर्ने काठमाडौं जिल्ला अदालतको फैसला आयो । उनी आज रिहा भएर अदालत बाहिर मात्र के पुगेका थिए फेरि पक्राउ परे ।

कालोबजारीको अभियोगमा पक्राउ परेका सुलभ यसपटक सम्पत्ति शुद्धिकरण विभागको फन्दामा परेका छन् । सम्पत्ति शुद्धिकरणले उनीमाथि अनुसन्धान गरिरहेको छ । विभाग प्रधानमन्त्री कार्यालय अन्र्तगत रहेको छ ।

जगदम्बा स्टिलका मालिक समेत रहेका अग्रवाल २५ चैत्रमा थर्मल गनको कालोबजारीमा रङ्गेहात पक्राउ परेका थिए । उनलाई अपराध महाशाखाको टोलीले ५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गर्न खोजेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ पछि अग्रवाल २५ दिन हिरासतमा राखेर अनुसन्धान गरिएका थिए । तर, उनी पुनः हिरासतमै पुगेका छन् ।

 

 

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्