Logo

व्हेलको पेटमा तीन दिनसम्म बसेर पनि जिउँदै



स्पेनको एक व्यक्तिले आफू व्हेलको पेटमा तीन दिन र तीन रात बसेर बाहिर निस्केको बताएका छन् । उनले बताए अनुसार पछिल्लो हप्तामा आएको तुफानको कारण उनी समुन्द्रमा डुबे र बिहानको समयमा व्हेलले निलिदियो । सबैभन्दा डराउने कुरा उसको पेटमा पनि उनी जिउँदै थिए । व्हेलको पेटमा सबैकुरा कालो थियो र चिसो पनि अत्यधिक रहेको उनले बताएका छन् ।

पेटको भित्र काचो माछा आए र उनको वाटर प्रुफ घडीको लाइटले जिउदो रहन धेरै मद्दत गरेको जानकारी दिएका छन् । उनले लगभग ७२ घण्टापछि पानीको धारबाट व्हेलको पेटबाट बाहिर निक्लिएर आएको बताएका छन् । ५६ वर्षिय माझीको पत्नी पेनलोपले यो चमत्कार भएको भन्दै भगवानले आफ्नो प्राथना सुनेर पतिलाई फिर्ता पठाइदिएको बताएकी छिन् । (एजेन्सीको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्