Logo

प्रधानमन्त्री मातहतको निकायद्धारा सुलभ पक्राउ परेपछि लहरो तान्दा पहरो गर्जने



काठमाडौं, १८ वैशाख । अदालतको धरौटीमो रिहा गर्ने फैसलापछि घर जाने तयारीमा हिंडेका व्यापारी सुलभ अग्रवाललाई अचानक सम्पत्ति शुद्धिकरण विभागका कर्मचारीले रोके । विभागका कर्मचारी प्रहरीसहित पुगेका थिए ।

२५ दिन प्रहरी हिरासतमा बसेपछि ढुक्कसँग घर जान हिंडेका उनी अत्तालिएका थिए । उनलाई पुनः पक्राउ गरी सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान अगाडि बढाउने भएको छ । कालोबजारीको अभियोगमा पक्राउ परेका सुलभ नेपालको प्रतिष्ठित व्यापारिक घराना शंकर ग्रुपका हुन् । जगदम्बा स्टिल र सिमेन्टलगायत उत्पादन गर्ने यो ग्रुपका सुलभको पक्राउले धेरै व्यापारी त्रसित भएका थिए ।

सुलभ पक्राउ प्रकरणमा ठूला व्यापारिक घरानियाँ समेत कालोबजारीमा संलग्न भएकोमा गम्भीर अनुसन्धान भइरहेको बुझिएको छ । अब सम्पत्ति शुद्धिकरण विभागले सुलभमाथि छानविन गर्ने भएपछि धेरै कालो धन जम्मा गर्ने र अवैध धन्दा गर्नेहरु आत्तिएका छन् ।

विश्वस्त स्रोतका अनुसार अब लहरो तान्दा पहरो गर्जने भएको छ । सुलभका कारण उनीसँग जोडिएकाहरु पनि छानविनको दायरामा आउने भएका छन् ।

सुलभलाई पक्राउ गर्ने सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री कार्यालय मातहतको निकाय हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम यो निकाय चल्ने भएकाले कालाबजारी र सम्पत्ति शुद्धिकरणमा संलग्नहरुमाथि छानविन गरी कडा कारबाही अगाडि बढ्ने भएको बुझिएको छ । लकडाउन समेत नभनी विभागका कर्मचारी धमाधम सम्पत्ति शुद्धिकरणमा आशंकितहरुको फाइल खोल्न र खोज्न थालेका छन् ।

स्मरणीय रहोस्, कालोबजारीको अभियोगमा २५ चैत्रमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल धरौटीमा रिहा गर्ने काठमाडौं जिल्ला अदालतको फैसला आएको थियो । तर, उनी तत्काल सम्पत्ति शुद्धिकरण विभागबाट पक्राउ गरिएका थिए ।-Photo: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्