Logo

लकडाउनमा फसेका २७ थाई नागरिक बोकेर उड्यो जहाज



काठमाडौँ, १९ वैशाख : लकडाउनका कारण नेपालमा रोकिएका २७ थाई नागरिक लिएर थाई एयरको जहाज बैंकक उडेको छ ।

थाई एयरको वाइडबडी जहाजले थाई नागरिक बोकेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककका लागि उडान भरेको विमानस्थलले जनाएको छ ।

नेपालस्थित दूतावासको समन्वयमा थाइल्याण्डका नागरिकलाई स्वदेश फर्काइएको हो ।रासस



प्रतिक्रिया दिनुहोस्