Logo

वामदेव प्रधानमन्त्री बन्ने सम्भावना ‘शुन्य’, केपी ओलीलाई हटाउन हुँदैन् : प्रदीप नेपाल



काठमाडौं, २० बैशाख । नेकपाका नेता प्रदीप नेपालले अहिलेको अवस्थामा वामदेव गौतम प्रधानमन्त्री बन्ने सम्भावना शून्य रहेको प्रतिक्रिया दिएका छन् । आज प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने र संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउन खोजिए गम्भिर गलत हुनेपनि चेतावनी दिए । उनले भने, “यसो गरिए मुलुक नै दुर्घटनामा फस्छ । यो व्यवस्थामाथि नै चूनौति आईपर्छ । त्यस्तो गल्ती कसैले पनि गर्नुहुँदैन् ।”

उनले वामदेवको लागि आफ्नो क्षेत्र छोड्न तयार छु भनेर खगराज अधिकारीले बोलिसकेकोले गौतमले पनि त्यही गर्नु बुद्धिमानी हुने तर्क गरे । उनकाअनुसार वामदेवको लागि सबैभन्दा राम्रो विकल्प चुनाव जितेर आउने र प्रधानमन्त्री बन्ने नै हो ।

त्यस्तै, उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनपनि नहुने जिकिर गरे । ओलीलाई हटाउनेगरि अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालले चालेका पछिल्लो कदम गलत भएको उनको तर्क छ । File Photo



प्रतिक्रिया दिनुहोस्