Logo

लोमसको आफ्नै उत्पादन ‘ह्याण्ड-एक्स’ स्यानिटाईजर अब ५०० मि.लि.मा बजारमा



काठमाडौं, २१ बैशाख । लोमस फार्मास्युटिकल कम्पनीले आफ्नो उत्पादन ‘ह्याण्ड-एक्स’ नामक ह्याण्ड स्यानिटाईजर अब पाँच सय एम.एल.मा उत्पादन सुरु गरेर यही साता बजारमा ल्याउने भएको छ । कम्पनीले जनाएअनुसार पाँच सय एम.एल. को उक्त ह्याण्ड स्यानिटाईजर ईन्टरनेश्नल लेभलसँग म्याच गरिएको छ । विगत चार दशकदेखि औषधी उत्पादन गर्दै आएको लोमसले कोरोना भाइरस (कोभिड-१९) को प्रभाव देखिनेबित्तिकै ह्याण्ड स्यानिटाईजर उत्पादन गरेको थियो ।

सुरुमा १०० एम. एल.मा निकालेको स्यानिटाईजरबाट बजारमा आम उपभोक्ता पनि सन्तुष्ट भएकोले र बढ्दो मागअनुसार आफूहरुले पाँच सय एम.एल.को उत्पादन गरेर बजारमा ल्याएको प्रनवजंग पाण्डेले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । लोमस नेपालको पहिलो मल्टिनेश्नल फार्मास्युटिकल्स कम्पनि पनि हो । उक्त कम्पनीले सबै निकायबाट गुणस्तरीय चिन्हसमेत प्राप्त गरेर विभिन्न औषधीहरुको उत्पादन गरिरहेको छ । जसमा स्लाईन, हार्मोन आर्थोपथेटिक ,होमियोपेथिक हर्वल उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

 

नयाँ पाँच सय एम.एल.को स्यानिटाईजरको मूल्य पाँच सय पन्ध्र रुपैयाँ निर्धारण गरेको छ । र, बजारमा यो स्यानिटाईजर भाटभटेनीलगायत सुपरमार्केट र सबै औषधी पसलहरुमा उपलब्ध हुनेछर । यही हप्तासम्म बजारमा आउने विश्वास लिईएको छ ।

पाण्डेले भने,”संकटको बेलामा अहिलेको परिस्थितिलाई मध्येनजर गरेर हामीले गुणस्तरीय स्यानिटाईजर बजारमा ल्याएका हौं । किनकी यो संकटको बेलामा पनि बजारमा कम गुणस्तरका स्यानिटाईजर कालोबजारी भैरहेको देखेर हामीले यो काम सुरु गरेका हौं ।”  पाण्डेले आफूहरुले उत्पादन गरेको स्यानिटाईजर अन्तर्राष्टिय स्तरको भएको र विश्व स्वास्थ्य संगठनले समेत मान्यता प्रदान गरिसकेको जानकारी दिए ।

लोमसले ल्यायो डब्लु.एच.ओ मान्यताप्राप्त गुणस्तरीय ह्याण्ड स्यानिटाईजर ‘ह्याण्ड एक्स’, मुल्य १५०



प्रतिक्रिया दिनुहोस्