Logo

प्रेस स्वतन्त्रता दिवसको अवसरमा मुख्यमन्त्री राउत द्वारा शुभकामना



जनकपुरधाम, २१ वैशाख : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस स्वतन्त्रताको पक्षधर सञ्चारकर्मी र बुद्धिजीवीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उहाँले यस दिवसले लोकतन्त्रको ‘माइल स्टोन’ मानिने प्रेस स्वतन्त्रतालाई दृढ सङ्कल्पित बनाउने विश्वास प्रकट गरेका छन् । मुख्यमन्त्री राउतले सञ्चारकर्मीलाई लोकतन्त्र र जनताको पक्षमा निर्भिक, निष्पक्ष र भयरहित भएर कलम चलाउनसमेत आग्रह गरेका छन् ।रासस File photo



प्रतिक्रिया दिनुहोस्