Logo

भावी प्रधानसेनापति प्रभुराम शर्माले लगाए रथीको फुली



काठमाडौं, २१ वैशाख । नेपाली सेनाको रथीमा पदोन्नति भएका प्रभुराम शर्माले आज फुली थापेका छन् । उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले रथी दर्जाको दज्यान्ही चिन्ह लगाइदिएका हुन् ।

रथीको फुली लगाएपछि शर्मा बलाध्यक्षको जिम्मेवारी पाउन सफल भइसकेका छन् । उनी १७ महिनापछि सेनापति पूर्णचन्द्र थापा बिदामा बसेपछि सेनाको कमाण्ड सम्हाल्ने लाइनमा पुगेका छन् ।

मन्त्रिपरिषदको १४ वैशाखको निर्णय बमोजिम शर्मालाई १९ वैशाखमा रथी दर्जामा पदोन्नती गर्ने निर्णय भएको थियो ।

यसैगरी उपरथीमा बढुवा भएका आनन्द कुमार अधिकारीले उपत्यका पृतनाको जिम्मेवारी पाएका छन् । उपरथी सञ्जय थापा मध्यपश्चिम पृतनाको कमाण्डर बनेका छन् । उनीहरुले पनि आजै उपरथीको दज्र्यानी चिन्ह प्राप्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्