Logo

बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री



धनुषा, २२ वैशाख । बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा एक जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका स्थित चन्दन आयरन स्टोरका संचालक चन्चल चौधरीलाई पक्राउ गरेको हो ।

बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले पसलबाट ५० बोरा र पसल नजिकै रहेको गोदामबाट विभिन्न ब्रान्डका ३ सय ७० बोरा सिमेन्ट फेला पारी उक्त पसल र गोदाम समेत सिलबन्दी गरी संचालक चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्