Logo

लकडाउनमा किशोरी बलात्कृत



सप्तरी, २२ वैशाख । जबरजस्ती करणी गरेको अभियोगमा शम्भु कुमार रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजगढ गाउँपालिका छातापुरका राम पक्राउ परेका छन् ।

ती किशोरीलाई रामले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सुरक्षा बेस क्याम्प पत्थरगढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्