Logo

विद्यालय खुल्न समय लाग्ने, नयाँ विद्यार्थी भर्ना र शुल्क लिन नपाइने



काठमाडौं, २२ वैशाख । सरकारले विद्यालयहरुमा कुनैपनि कक्षा वा तहमा नयाँ भर्ना गर्न नपाइने स्पष्ट पारेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सुचना प्रकाशित गरी कोभिड १९ को संक्रमण रोकथामका लागि लकडाउनको अवस्था रहेको भन्दै नयाँ भर्ना नलिन भनेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित मन्त्रालयमा बसेको बैठकले नयाँ भर्नाका नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्य नगराउन समेत सुचित गरेको छ ।

मन्त्रालयले एसईई र कक्षा ११ तथा १२ का परीक्षाहरु स्थगित नै रहेको अवस्थामा नयाँ निर्णयहरु नभएको स्पष्ट पारेको छ ।

‘हाल सबै विद्यालयहरुको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णइ नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु, नगराउनु हुनका साथै भर्नाको नाममा कुनै किसिमको शुल्क लिने, अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरु नगर्नु, नगराउनु हुन सुचित गरिन्छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।



प्रतिक्रिया दिनुहोस्