Logo

सीमामा बीओपीको संख्या चार गुणाले बढाउने तयारी



काठमाडौं, बैशाख २३। सरकारले सीमा नाकाको सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी)को संख्या चार गुणाले बढाउने तयारी गरेको छ ।

हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी रहेकामा सो संख्या बढाएर ५ सय पु¥याउने गरी तयारी अगि बढाइएको हो । सशस्त्र प्रहरीले सोसम्बन्धी खाका तयार गरेर सोमबार गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ ।

हाल नेपालतर्फको सीमा नाकामा भारततर्फका ५ सय ३० बीओपी सञ्चालनमा छन् भने नेपालतर्फका सशस्त्र प्रहरीका १ सय २० बीओपी मात्रै स्थायी रूपमा खडा भएका छन् । ती बीओपीमा ५ हजार जनशक्ति खटाइएको छ ।

पछिल्लो समय सशस्त्र प्रहरीले कोरोना संक्रमणको सन्त्रास बढ्दै गएपछि उत्तरी र दक्षिणी नाकातर्फ कडाइ गर्दै धमाधम अस्थायी चेक पोस्ट स्थापना गरिएको छ । कोरोना संक्रमणको सन्त्रासपछि हाल १ हजार २ सय १३ अस्थायी चेक पोस्ट सीमा नाकामा स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको राजधानी दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्