Logo

झगडिया जर्नेल झमेलामा



काठमाडौं, २३ वैशाख । कारवाही हेर्दा अति सामान्य । तर,त्यतिले नै कसैको एक वर्षको करिअर खत्तम हुने स्थिति ।

६ महिनाअघि वीरेन्द्र सैनिक अस्पतालको वाार्षिकोत्सवमा मदिरा सेवन गरेर कुस्ताकुस्तीमा उत्रिएका जर्नेलहरुको लफडा यहाँसम्म आइपुगेको हो ।

अस्पतालको कमाण्डेन्ट हुने गरी मेजर जनरलमा बढुवाको तयारीमा रहेका अरुण न्यौपाने र अर्का डाक्टर देवेन्द्र खत्रीबीच त्यसदिन मदिराकै तालमा धक्काधक्की चलेको थियो । यसपछि जंगी अड्डाले बनाएको छानवीन समितिले आन्तरिक रुपमा अध्ययन गर्दा दुबैलाई दोषी देख्यो । त्यसमध्ये पनि मेजर जनरलमा बढुवासहित अस्पतालको चार्ज बुझ्न ठिक्क परेका अरुणका हकमा अर्को मार परेको छ, ‘सचेत गर्ने’ निर्णयले ।

कारवाहीमध्येको सबभन्दा सानो हो, ‘सचेत गराउने’ । तर, यसैको मारले उनले अझै एक वर्ष बढुवाबाट बञ्चित हुनुपर्ने भएको छ ।
अब अरुणको ठाउँमा नरेन्द्र केसी बढुवा हुन्छन् । तर, उनको समय चार–पाँच महिनामात्रै बाँकी छ ।

उता,लेखाका जर्नेल धु्रव खत्री बिरामी छन् । उनलाई भुवन अधिकारीको ठाउँमा मेजर जनरल बनाएर घर पठाउने तयारी छ । उनले एक महिनाका लागि फुली लगाएर जागिर खान्छन् र अवकासमा जान्छन् ।-जनआस्थाबाट



प्रतिक्रिया दिनुहोस्