Logo

कार्ल मार्क्स १००० वर्षयताकै महान् दार्शनिक : प्रचण्ड



काठमाडौं, २३ बैशाख । सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सको २०२ औं जन्म दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुुभकामना व्यक्त गरेका छन् ।  कार्ल मार्क्सलाई १००० वर्षयताकै महान् दार्शनिक रहेको बताउदै सर्वहारा वर्गले मात्र होइन, उनको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको बताए ।

उनले महान् दार्शनीक कार्ल मार्क्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रुपमा स्मरण गरे । २१ औं शताब्दीमा माक्र्सवादको रक्षा, प्रयोग र विकासका लागि बिचारको विकास गर्न आवश्यक भएको उनको भनाई थियो । विश्व महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गरीखाने श्रमजीवि जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । उहाँले मार्क्सको जन्म दिवसका अवसरमा विश्वभरका सम्पूर्ण सर्वहारा जनसमुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्