Logo

रमेशको नामबाट चेकजाँच गर्दा गर्दै विप्लव समुहका केन्द्रीय नेता अनिल शर्मा पक्राउ



काठमाडौं, २३ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एकजना प्रभावशाली नेता आज पक्राउ परेका छन् । नेकपाका केन्द्रीय समिति सदस्य तथा प्रकाशन विभागका इञ्चार्ज अनिल शर्मा विरही आज चितनवनबाट पक्राउ परेका हुन् ।

उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा गएका उनलाई मंगलबार विहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी पक्राउ परेको पुष्टि विप्लव समुहले पनि गरेको छ ।

विप्लव समुहका अनुसार अनिल शर्मा सुगरलगायत विभिन्न रोगका कारण उपचारका लागि पुगेका थिए । तर, प्रहरीले उनी भर्याङबाट लडेर उपचारका लागि अस्पताल पुगेको जनाएको छ । रमेश रिजालको नामबाट टिकट काटेर शर्मा उपचारका लागि स्वास्थ्य परीक्षण गर्दै थिए । शर्मा एकीकृत नेकपा माओवादी चितवनका इञ्चार्ज समेत थिए ।

शर्मा पक्राउले विप्लव समुहलाई क्षति पुग्ने ठानिएको छ । उनी नेकपाको प्रचार प्रसारमा नेतृत्वको भुमिका निभाउँदै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्